ग्रामीण भेगमा बस र टेम्पोले यात्री ठग्दै

0


प्रस, पोखरिया, २१ असोज/
    पर्साको ग्रामीण क्षेत्रबाट सञ्चालित सार्वजनिक सवारीसाधन सञ्चालकहरूले यात्रीहरूलाई ठग्दै आएका छन्।
    असोज १ गतेदेखि सञ्चालित सार्वजनिक यातायात अन्तर्गत भिस्वा, लङ्गडी, पोखरियाबाट काठमाडौंका लागि सञ्चालित बस सेवाका साथै पोखरिया, लङ्गडी, पकाहा, डोकैला, जानकीटोला, सबैठवा आदिबाट सञ्चालित अटोले पनि यात्रीहरूलाई ठग्दै आएको छ। सरकारले सिट सङ्ख्याभन्दा आधा यात्रु राखी सार्वजनिक यातायात सञ्चालन गर्न र प्रचलित भाडादरमा पचास प्रतिशत थप गरेर लिन भनिए पनि यहाँ सरकारी नियमको उल्लङ्न गर्दै यात्रीहरूलाई ठग्ने कार्य भइरहेको छ।
    अटोहरूले भिस्वादेखि वीरगंज रु १३० सम्म लिने गरेका छन्। जबकि पहिले यो भाडा रु ८० मात्रै थियो। चर्को भाडाका साथै अटोहरूले ५ वटा सिट सङ्ख्यामा पूरै यात्रु राखेर सञ्चालन गर्दै आएका छन्।
    यसैगरी, काठमाडौं जाने रात्रिबसको भाडा भिस्वादेखि रु ६५० र पोखरियादेखि रु ६ सय थियो। सरकारले पचास प्रतिशत वृद्धि गरेर लिन भनेकोमा रु १ हजार पुग्छ तर स्थानीयसँग रु १२ सय र भारतबाट आउनेहरूसँग मनपरी तरीकाले रु २ हजारसम्म लिने गरेको छ। भिस्वादेखि पोखरियासम्म प्रहरी, ट्राफिक प्रहरी छन् तर यिनीहरूले बस व्यवसायीहरूलाई नियन्त्रण गर्न सकेका छैनन्। बस, टेम्पो सञ्चालकहरूले निर्धक्क यात्रीहरूलाई ठग्दै आइरहेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here