चिरञ्जीवी सापकोटा, ठोरी, २१ असोज/
    विगत १२ वर्षदेखि बिछोडिएका आमा र छोरीलाई मञ्जुश्री असहाय संस्था चितवन र ठोरीकै सञ्चारकर्मी सन्तोष देउजाको पहलमा पुनर्मिलन गराइएको छ।
    ठोरी गाउँपालिका–३ को सभाहलमा कार्यक्रमको आयोजना गरी मञ्जुश्री असहाय संस्थाले १५ वर्षीया मञ्जीतालाई उनकी आमासँग पुनर्मिलन गराइएको हो। तीन वर्षको उमेरमा मञ्जीता चितवनमा एकजनाको घरमा काम गर्न गएकी थिइन् र त्यसपछि घरपरिवारको सम्पर्कबाट बाहिर रहिन्। हालै मञ्जीताको बारेमा बुझ्दै जाँदा ठोरीकै भएको पहिचान खुलेपछि सञ्चारकर्मी देउजाको पहलमा संस्थाले उनकी आमासँग पुनर्मिलन गराएको हो।
    मञ्जीताको आमाको मानसिक अवस्था ठीक नभएकोले उनका मामाले मञ्जीतालाई हेरचाह गर्ने भनी
जिम्मा लिएका थिए। कार्यक्रममा वडाध्यक्ष सूर्यबहादुर लामाले कक्षा १० सम्मको पठनपाठनको खर्च बेहोर्ने घोषणा गरे।
    कार्यक्रममा जिल्ला समन्वय समिति, पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपानेलगायत स्थानीयको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here