खोलामा महिलाको शव

0

प्रस, पोखरिया, २१ असोज/
    कालिकामाई गाउँपालिका–४ गङ्गोल खोलामा एकजना महिलाको शव फेला परेको छ।
    इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बिहान शव फेला परेको बताए। उनले शवको पहिचान नभएको र अन्दाजी ३०/३५ वर्षीया महिलाको शव भएको बताए। बिहान खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
    महिलाको हातखुट्टा बाँधिएको, मुखमा बुझो लगाइएको अवस्थामा टाउको तल र खुट्टा माथि भएको अवस्थामा खोलामा फेला परेकोले महिलाको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। शवलाई शल्यपरीक्षणको लागि नारायणी अस्पताल पठाइएको र अनुसन्धान भइरहेको प्रनि थापाले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here