वन अतिक्रमणसम्बन्धी छानबीन समिति गठन

0

बलिराम शुक्ला, बिरुवागुठी, २१ असोज/
    डिभिजन वन कार्यालय, पर्साले वनमा भएको हानि–नोक्सानी र अतिक्रमणसम्बन्धी छानबीन समिति गठन गरेको छ।
    सहायक वन अधिकृत शशिकान्त तिवारीको संयोजकत्वमा छानबीन समिति गठन गरिएको छ। समितिमा राजेश्वर प्रसाद, उमाशङ्कर राम, मनोजकुमार कुर्मी र मनीषकुमार साह छन्।
    समितिलाई सात दिनभित्र रङ्गपुरको जमुनिया खोलादेखि पूर्वमा रहेको सबडिभिजन वन कार्यालय सबैयाको क्षेत्रभित्र के–कति रूख हानि–नोक्सानी भएको तथा वन अतिक्रमण गरी स्थानीयले खेती गरेको र घर बनाएकोबारे प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको डिभिजन वन कार्यालय, पर्साका प्रमुख जगरनाथप्रसाद जयसवालले जानकारी गराएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here