वडा कार्यालयमा तालाबन्दी

0


प्रस, वीरगंज, २१ असोज/
    वडा विकास सुधार समिति कलैया उपमहानगरपालिका–१६ ले वडा कार्यालयमा तालाबन्दी गरेको छ।
    मङ्गलवार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरिएको समितिका अध्यक्ष अनिल कुशवाहाले बताए।
    विभिन्न ११ सूत्रीय माग राखेर ध्यानाकर्षण गराइएकोमा माग पूरा नभएको भन्दै उनीहरूले तालाबन्दी गरेको बताए।
    वडाध्यक्ष शेषनाथ साह वडा कार्यालयमा नियमित नबस्ने, वडाको विकास काम पारदर्शी नभएको, आफन्त र नजीककालाई ठेक्का र उपभोक्ता समितिमार्फत् काम गर्न लगाइएको, सङ्घ, प्रदेश र उपमहानगरबाट वडाको लागि विनियोजित बजेट सार्वजनिक नगरेकोजस्ता आरोप लगाउँदै तालाबन्दी गरिएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here