स्वास्थ्य सेवाबारे समीक्षा गोष्ठी

0


प्रस, पंचगावा, २१ असोज/
    पटेर्वासुगौली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दुर्ई दिने वार्षिक समीक्षा गोष्ठी बुधवार सम्पन्न भएको छ। गोष्ठीमा स्वास्थ्य चौकीले आव २०७६/०७७ मा प्रवाह गर्ने सेवाबारे समीक्षा गरिएको थियो।
    गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख जगन्नाथ साह र स्वास्थ्य चौकी इन्चार्जहरू प्रमोद कर्ण, दिनेश रौनियार, रियाज खान, जागेश्वर साहलगायतले गापाका ४ वटा वडामा रहेका स्वास्थ्य चौकीका इन्चार्ज, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएका थिए।
    निचुटा, पटेर्वासुगौली, गादी, सोनवर्षा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई सेवा प्रभावकारी ढङ्गबाट दिने विषयमा प्रशिक्षण दिइएको थियो।
    कार्यक्रमको समापन प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here