जनकपुरमा विद्यालयहरू खुले

0

प्रस, जनकपुरधाम, २० असोज/
कोरोना भाइरस महामारीका कारण विगत ७ महीनादेखि बन्द रहेको जनकपुर नगर क्षेत्रका सार्वजनिक तथा सामुदायिक विद्यालयहरू मङ्गलवारदेखि सञ्चालनमा आएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा समितिले जारी गरेको निर्देशन अनुसार मङ्गलवारदेखि स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर विद्यालय सञ्चालन गरिएको यहाँस्थित शैक्षिक संस्थाका सञ्चालकहरूले बताएका छन् ।
सञ्चालनमा आएका विद्यालयहरूमा बालविकास साथै कक्षा १ देखि ५ सम्मको लागि वैकल्पिक शिक्षाको माध्यमबाट अध्ययन अध्यापन शुरू गरिएको छ भने कक्षा ६ देखि १२ सम्मका लागि भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गरिएको छ ।
विद्यार्थीहरूलाई ३ घण्टाको समयमा टिफिनको समय नदिई सामाजिक दूरी कायम गर्दै अनिवार्य विषयहरूको अध्यापन गराउन शुरू गरिएको छ । यसरी अध्यापन गराउँदा एउटा कक्षामा एकपटकमा २५ जनाभन्दा बढी विद्यार्थी नराख्न र विद्यार्थीहरूको सङ्ख्या बढी भएमा जोड बिजोडको आधारमा वर्गीकरण गरी विद्यालयमा हाजीर गराउनका साथै दुई सिप्mटमा विद्यालय सञ्चालन गर्न विद्यालयहरूलाई आग्रह गरिएको उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
विद्यालय सञ्चालनको क्रममा शिक्षक, विद्यFर्थी सबैले अनिवार्यरूपमा मास्क र सेनिटाइजर प्रयोग गर्न गराउन पनि नगरपालिकाले निर्देशन दिएको छ । उपमहानगरको वडा नं ७ मा भने आज विद्यालय सञ्चालनमा नआएको वडाध्यक्ष जानकीराम साहले बताए । महामारीको बेला पूर्वतयारी नगरी हतारिएर मात्रै नहुने भन्दै वडाध्यक्ष साहले वडाको निर्णय नभएसम्म वडाभरिका विद्यालय नखुल्ने बताएका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here