दुई स्थानमा रक्तदान ५२ जना सहभागी

0

प्रस, वीरगंज, १९ असोज/
वीरगंज महानगरपालिका र बाराको परवानीपुर गाउँपालिकामा सोमवार सम्पन्न रक्तदान कार्यक्रममा एकजना महिलासहित ५२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय प्रमुख उदयराज शर्माले बताए ।
वीरगंज महानगर–२२ जगरनाथपुरमा पशुपति अन्नपूर्ण आश्रम केन्द्रीय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा एकजना महिलासहित तीसजनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् । कार्यक्रममा तैफुन नेसा, हिमालचन्द्र चौरसिया, सचितानन्द चौरसिया, सुरेन्द्र चौहान, सुरेशलाल राउतलगायतले रक्तदान गरेका थिए ।
यसैगरी, बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलमा तराई काठमाडौं विद्यार्थी समाज संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा अभिषेक सिंह, बुनेल पटेल, उपेन्द्र पटेल, सञ्जीव चौरसिया, प्रमोद यादव, कृष्ण पटेल, उमेश पटेललगायत २२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । कार्यक्रममा परवानीपुर गापाका वडाध्यक्ष रामेश्वरप्रसाद कलवार, संस्थाका अध्यक्ष रूपक पटेललगायतको सहभागिता थियो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here