८ महिलासहित ८२ जनाद्वारा रक्तदान

0


प्रस, वीरगंज, १७ असोज/
    वीरगंज महानगर–१४ पिपरामा शनिवार ग्यालेक्सी युवा क्लब पिपराले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ महिलासहित ८२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
    क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अनिल रूँगटा, रामनारायण कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
    क्लबका अध्यक्ष पटेलले रक्तदान गरी शुभारम्भ गरेको कार्यक्रममा भीम पटेल, उमाशङ्कर ठाकुर, लालबाबूप्रसाद कुर्मी, देवकुमार पटेल, शम्भु साह, सन्तोषप्रसाद पटेल, सुनील पटेल, रूपेश साह, राजु हवारी, प्रमोद चौधरी, रेखा देवी, गायत्री देवी, इन्दु देवी, सङ्गीता देवी, सुनीता देवी, मुन्ना गुप्ता, सुशील ढुङ्गेल, रञ्जीत पटेललगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख उदयराज शर्माले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here