बमकाण्डका अभियुक्त सहनी पक्राउ

0


प्रस, सिम्रौनगढ, १७ असोज/
    रौतहट बमकाण्डका फरार अभियुक्त बद्री सहनीलाई प्रहरीले सिम्रौनगढबाट पक्राउ गरेको छ।
    तत्कालीन संविधानसभा निर्वाचनमा हाल निलम्बित सांसद महम्मद आफताब आलमको निर्देशनमा बम विस्फोट गराएको र घाइतेहरूलाई जिउँदै इँटाभट्टामा फाल्ने काममा संलग्न रहेको आरोप लागेका सिम्रौनगढ–४ हरिहरपुरका बद्री सहनीलाई पक्राउ गरिएको हो। प्रदेश प्रहरीले रौतहट, बौधीमाई नगरपालिका–७ बाट सहनीलाई नियन्त्रणमा लिएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here