कुटाकुटमा सातजना घाइते

0

प्रस, वीरगंज, १७ असोज/
    वीरगंज महानगरको रामगढवामा दुई पक्षबीच कुटाकुट हुँदा ७ जना घाइते भएका छन्।
    छिमेकी छोटेलाल पटेल र विकाश पटेलका परिवारबीच बाख्राले केरा खाएको विषयलाई लिएर कुटाकुट हुँदा छोटेलालसहित कृष्ण पटेल, शङ्कर पटेल, कन्हैया पटेल घाइते भएका छन् भने विकाश पटेलसहित इमली पटेल, रीतादेवी पटेल घाइते भएको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ।
    कुटपिटमा धारिलो हतियार प्रहार भएको कारण अधिकांश घाइतेहरूको टाउकोमा चोट लागेको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ। घाइतेहरूको तराई र नारायणी अस्पतालमा उपचार भइरहेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here