थप ३७ जना सङ्क्रमित पुष्टि

प्रस, वीरगंज, १७ असोज/
    नारायणी अस्पतालको प्रयोगशालामा शुक्रवार राति पिसिआर र जिन एक्सपर्ट विधिबाट सैतीसजना सङ्क्रमित पुष्टि भएका छन्।
    सातजना महिला र तीसजना पुरुष सङ्क्रमित पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए। १९२ जनाको पिसिआर परीक्ष्Fण गर्दा ३५ जना र ४ जनाको जिन एक्सपर्ट प्रविधिबाट परीक्ष्Fण गर्दा २ जना सङ्क्रमित देखिएका हुन्। सङ्क्रमितमध्ये बाराका १९ जना, पर्साका १५ जना, रौतहटका २ जना र कास्कीका १ जना छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्