प्रस, रौतहट, १६ असोज/
चन्द्रपुर नगरपालिका वन क्ष्Fेत्रमा बाघलगायत अन्य वन्यजन्तुहरूको आवागमन बढेपछि मानिसलाई वन प्रवेशमा रोक लगाइएको छ।
जङ्गली जनावरहरूको आक्रमणबाट मानवीय क्षति हुन सक्ने भन्दै डिभिजन वन कार्यालय चन्द्रपुर, रौतहटले सूचना जारी गरी जथाभावी जङ्गल प्रवेश नगर्न अपील गरेको छ।
मङ्गलवार घाँस काट्न गएका एक युवकमाथि बाघले आक्रमण गरेपछि मृत्यु उनको भएको थियो।
चन्द्रपुर—६ का सङ्गम भण्डारीको आधा शव बुधवार भेटिएको थियो। भण्डारीलाई खोज्न गएका दुईजना युवक पनि बाघको आक्रमणमा परी घाइते भएका थिए।