१५ लाखसहित एकजना पक्राउ

0

प्रस, रौतहट, १६ असोज/
    स्रोत नखुलेको नेरु १५ लाखसहित एकजना भारतीय पक्राउ परेका छन्।
    गौर नगरपालिका–२ महादेवपट्टि दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका एकजना पैदल यात्रीलाई बिहीवार प्रहरीले चेकजाँच गर्दा रु १५ लाख बरामद भएको थियो।
    भारत, सीतामढी असोगी–५ बस्ने २० वर्षीय राजुकुमार कहारलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here