यतीको १२ वर्षपछि सिमरा उडान

0

काठमाडौं, १६ असोज/रासस
    निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात् यही असोज २१ गतेदेखि सिमरामा नियमित उडान गर्ने भएको छ।
    एयरलाइन्सले २२औं वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रूपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ। सन् २००८ मा काठमाडौं–सिमरा उडान भरेको यती एयरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ गतेदेखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो। सिमरा यतीको नवौं उडान गन्तव्य हो।
    एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्ताैलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सतर्कता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here