प्रस, पोखरिया, १६ असोज/
पोखरिया नगरपालिका–८ जगतपुरस्थित टैरीमाई युवा क्लब र नेपाल रेडक्रस सोसाइटी, पोखरिया उपशाखाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ३८ जनाले रक्तदान गरेका छन्।
वडाध्यक्ष्F किशोरीसाह तेलीको अध्यक्ष्Fतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन मुख्यमन्त्री लालबाबूराउत गद्दीले गरेका थिए। उद्घाटन समारोहमा नगरप्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन, नेरेसो उपशाखा पोखरियाका सभापति भगवान कुर्मी, विनोद गिरी, क्लबका अध्यक्ष्F अभिषेक सर्राफलगायतको सहभागिता थियो।
कार्यक्रममा सविना खातुन, इन्दु देवी, प्रमेन्द्र यादव, दामोदर मिश्र, मनोज सहनी, सिकन्दर साह, अमितकुमार गिरी, किशोरी साह, बलिरामसाह सोनार, सुकी भगत, देवेन्द्र गुप्तालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए।