आगलागीमा दुईवटा घरमा क्षति

0

प्रस, रौतहट, १५ असोज/
दुर्गाभगवती गाउँपालिका–५ बडहर्वा बाँधटोलमा गएराति आगलागी भएको छ। बुधवार राति पौने १२ बजे विद्युत् सर्ट भएर आगलागी भएको र घरमा भएको खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको पीडित राधा सहनीले बताइन्। उनको घरबाट आगलागी भएको र छिमेकी सुकारी मिश्रको घरमा पनि क्षति पुगेको थियो।
उनको गोठमा रहेको भैंसी, बाख्रा जलेर मरेका छन्। आगलागीबाट ११ लाख रुपैयाँजतिको भौतिक क्षति भएको बताइएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here