वैकल्पिक शिक्षा सञ्चालन गर्न नपाको अनुरोध

0

बलिराम शुक्ला, बिरुवागुठी, १४ असोज/
    कोरोना महामारीका कारण चैत ११ गतेदेखि बन्द रहेका पर्सागढी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरू वैकल्पिक शिक्षा सहजीकरण प्रणालीबाट सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको छ।
    पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सालिकराम ढकालले जारी गरेको विज्ञप्ति अनुसार नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ बमोजिम विद्यालयमा विद्यार्थीहरूलाई सिकाइ सहजीकरण गर्न/गराउन भनिएको छ।
    यता लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर परेको अभिभावकहरूले गुनासो गरे।
    नेपाल शिक्षक महासङ्घ, पर्सागढी नगरपालिकाका अध्यक्ष रामबहादुर चौधरीले वैकल्पिक शिक्षा प्रणाली विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम ग्रामीण भेगमा सिकाइ कार्यक्रम प्रभावकारी हुन नसक्ने बताए।
    प्रतीकसँग कुरा गर्दै उनले विद्यार्थीहरूको आर्थिक अवस्था कमजोर रहेको र सम्पूर्ण विद्यार्थीको घरमा रेडियो, टिभी, मोबाइल, इन्टरनेट नभएकोले वैकल्पिक शिक्षा प्रणाली प्रभावकारी नहुने बताए। उनले विद्यार्थीहरूलाई विद्यालयमा बोलाइ सामाजिक दूरी, माक्स र सेनिटाइजरको प्रयोग गराइ विद्यालयको तह अनुसार फरक–फरक दिनको अन्तरालमा कक्षा सञ्चालन गर्दा प्रभावकारी हुने सुझाव दिएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here