बाघको आक्रमणबाट एकजनाको मृत्यु, दुर्ईजना घाइते

0

प्रस, रौतहट, १४ असोज/
    रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने दुर्ईजना घाइते भएका छन्।
    चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रनाउ हेमबहादुर शाहीले जानकारी दिए। भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जङ्गलमा फेला परेको प्रनाउ शाहीले बताए।
    बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर–६ का २८ वर्षीय अशोक थापा र ३५ वर्षीय प्रवीण श्रेष्ठ रहेका छन्। उनीहरूको पाखुरा, छाती, हातमा चोट लागेको छ।
    मृतक भण्डारी जङ्गलमा हराएपछि गाउँका युवाहरू मङ्गलवार राति खोज्न गएका थिए।
    खोज्न गएका युवाहरूलाई सतेरी जङ्गलको तीनकुवा वन क्षेत्रमा बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेपछि उनीहरूले खाल्डोमा हाम फालेर ज्यान जोगाएको बताए। घाइतेहरूको चन्द्रपुर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here