सीमामा अवैध क्रियाकलाप रोक्न बैठक

0

प्रस, सिम्रौनगढ, १४ असोज/
नेपाल–भारतका सुरक्षाकर्मीबीच भारतको आधापुरमा सम्पन्न बैठकले सीमावर्ती क्ष्Fेत्रमा गैरकानूनी गतिविधि नियन्त्रण गर्ने सहमति भएको छ।
मङ्गलवार भारत, आधापुरको बेलदर्वामा बसेको बैठकले सीमावर्ती क्षेत्रमा हुने तस्करी, मानव तस्करीलगायतको गतिविधि नियन्त्रण गर्न छलफल भएको भारत, घोडासहनका सञ्चारकर्मी राहुल कुमारले बताए। बैठकमा भारतका एसएसबी कमान्डेट देवानन्द र बाराका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्ण सहभागी थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here