प्रस, पर्सागढी, १३ असोज/
पर्सा जिल्लामा लकडाउन र निषेधाज्ञा हटेपछि ग्रामीण बजारमा अबेर रातिसम्म मदिरापसल सञ्चालन हुने गरेको छ। जसले गर्दा झैंझगडाका घटना वृद्धि भएको छ।
पर्सागढी नगरपालिकाका मुख्य बजारहरू मनवा, बडनिहार, बहुअर्वा तथा बहुदरमाई नपा अन्तर्गतका बजार डकैला बहुअरी, सिसियाडी, गम्हरिया बजारमा अबेर रातिसम्म मदिरापसलहरू सञ्चालन हुन्छन्।
राति १० बजेसम्म मदिरापसल सञ्चालन हुने गरेका कारण रक्सीसेवन गरेर राति घुमफिर गर्ने र झैंझगडाको घटनामा वृद्धि भएको छ। प्रहरी प्रशासनले पनि यसबारे चासो नदेखाएको स्थानीयको गुनासो छ।