प्रस, वीरगंज, १२ असोज/
विश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेस नेपालले तराई मधेसका जिल्लामा विभिन्न कार्यक्रम गरेको छ।
कोरोनाको कारण थला परेको पर्यटन क्षेत्रको पुनर्जीवन र उत्थानमा टेवा पु–याउने उद्देश्यले भिजिट मधेसले विभिन्न कार्यक्रम गरेको संयोजक ओमप्रकाश सर्राफले बताए। वीरगंजको भिस्वा डाँडामा आयोजित कार्यक्रमको नगरप्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका थिए।
यसैगरी, भुटनदेवी मन्दिरमा सरसफाइ र वृक्षरोपण कार्यक्रम गरिएको थियो। भिजिट मधेसकै आयोजनामा प्रदेश २ का संयोजक नवीन सिंहको नेतृत्वमा रौतहटको राजदेवीमाई मन्दिरमा पनि सरसफाइ र वृक्षरोपण गरिएको थियो। यसैगरी, सर्लाही, महोत्तरी, धनुषा, सुनसरीमा पनि भिजिट मधेसको आयोजनामा कार्यक्रम गरिएको संयोजक सर्राफले बताए।