प्रस, वीरगंज, १२ असोज/
सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ को निर्वाचन प्रक्रियामा जालझेल भएको उम्मेदवार रामजी साहले आरोप लगाएका छन्।
नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदका दावेदार साहले महासङ्घको विधानविपरीत वीरगंजमा निर्वाचन सम्पन्न गरेको आरोप लगाए। महासङ्घले देशभरि असोज १२ गते प्रदेशको राजधानीमा निर्वाचन गर्ने कार्यतालिका बनाएकोमा जिल्ला अध्यक्ष नीरज सर्राफको मिलेमतोमा केन्द्रीय उपाध्यक्ष्F शिव सर्राफले वीरगंजमा निर्वाचन प्रक्रिया सम्पन्न गरेको आरोप लगाए। केन्द्रीय उपाध्यक्षसमेत रहेका रामजी साहले आज भएको निर्वाचन प्रक्रिया गलत भएको र खारेजीको माग गरेका थिए। आफूसँग ६० प्रतिशत मतदाता रहेको तर शिव सर्राफले नियमविपरीत गठन प्रक्रिया अगाडि बढाएको आरोप लगाए।
आज सम्पन्न निर्वाचनमा निर्वाचन अधिकृत अधिवक्ता विनय सिंहका अनुसार शिव सर्राफ प्रदेशको अध्यक्ष निर्विरोध चयन भएको जानकारी गराए। विपक्षीले उच्च अदालतमा निषेधाज्ञा गराउन नसकेको र आफूले सार्वजनिक गरेको कार्यतालिका अनुसार एकल उम्मेदवार सर्राफ भएपछि निर्विरोध घोषणा गरेको निर्वाचन अधिकृत सिंहले बताए। आज गठित महासङ्घको उपसभापति प्रवेशकुमार सर्राफ, वसन्तकुमार साह, सचिव विनोदकुमार भण्डारी, सहसचिव अमित गुप्ता, कोषाध्यक्ष कमलेश साह र सहकोषाध्यक्ष्Fमा भगवान साहलगायत सदस्यहरू रहेका छन्।