सातजना सङ्क्रमित थपिए

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १२ असोज/
    पर्सा र बारामा थप सातजनामा सङ्क्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा १९२ जनाको स्वाब नमूना परीक्षण गरिएकोमा सातजना सङ्क्रमित थपिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। सङ्क्रमित पुष्टि भएकोमा बाराका एकजना र पर्साको धोबिनी गाउँपालिकाका एकजना तथा वीरगंज मनपाका पाँचजना छन्। वीरगंज मनपा–८ र १२ का २/२ जना र एकजनाको वडा यकीन नभएको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस