प्रस, पोखरिया/पर्सागढी, ११ असोज/
    कृषि ज्ञान केन्द्र, पर्साले आइतवारदेखि पर्सा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा बाली संरक्ष्Fण शिविर शुरू गरेको छ।
    धानबालीमा देखिएका रोग र कीराको जाँच गर्न तथा आवश्यकता अनुसार सुझाव दिन अधिकृतस्तरीय प्राविधिकहरूको टोलीले पर्सागढी र पोखरिया नगरपालिकामा शिविर सञ्चालन गरेको थियो।
    पर्सागढी नगरपालिकाको सेतो गुराँस सहकारी संस्था मनवा र पोखरिया बजारमा आइतवार प्राविधिकहरूले शिविरको आयोजना गरी कृषकहरूलाई धानमा कीराको प्रकोप र रोगको उपचारबारे जानकारी गराएका थिए।
    बाली संरक्षण शिविरमा श्याम किशोरप्रसाद, रामकलेश साह, सुरेश चौरसिया, मुनीलालप्रसाद, समसुल हक, विश्वेश्वर यादवलगायतले कृषकहरूलाई बाली स्वास्थ्य उपचारबारे जानकारी गराएका थिए।


    कार्यक्रममा कृषकहरूलाई धानबालीमा छर्किने विभिन्न रोगका औषधि वितरण गरिएको थियो।
    त्यस्तै, सोमवार सखुवाप्रसौनी गापाको पंचगावाँ र पकाहामैनपुर गापाको बजारमा शिविर आयोजना गरिने कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here