प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण

0

जनकपुरधाम, ११ असोज/रासस
    प्रदेश नं २ को नीति तथा योजना आयोगको आर्थिक वर्ष २०७६/०७७ को  वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई आज हस्तान्तरण गरिएको छ। मुख्यमन्त्री लालबाबू राउत गद्दीलाई आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले सो प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
    प्रतिवेदनमा गत आवको उपलब्धि एवं नीति तथा कार्यक्रम उल्लेख गरिएको छ। प्रतिवेदनमा विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यकालीन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दिगो विकास लक्ष्यका मार्गचित्र, जनसाङ्ख्यिक स्थिति विवरण, प्रदेश पाश्र्वचित्र, प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन एवं प्रदेश योजना तथा कार्यक्रम दिग्दर्शन राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here