कुनै एक संस्थामाथि दुईवटा पालिकाले दाबी गर्दछन् भने त्यस संस्थालाई भाग्यमानी ठान्नुपर्छ। दुई/दुई वटा पालिका संरक्ष्Fक रहनु भनेको त्यस विद्यालयको सौभाग्य भन्न सकिन्छ। तर यो नेपाल हो, दुईजना संरक्ष्Fक भएकाले विद्यालय अन्योलको अवस्थामा पुगेको छ। २००७ सालमा, आजभन्दा सत्तरी वर्ष पहिले स्थापना भएको मध्य रौतहटको सरस्वती माध्यमिक विद्यालयलाई गरुडा नगरपालिकाले आफ्नो सीमाभित्र रहेको र विभिन्न प्रमाणहरू साक्षी राखेर गढीमाई नगरपालिकाले यो विद्यालय आफ्नो मातहतमा रहेको जनाउँदै आएका छन्। एउटा सुखद संयोगमा रहेको विद्यालय विवादको विषय बन्नु उदेकपूर्ण हो। सीमा क्ष्Fेत्रको हिसाबले गरुडा नगरपालिका र विद्यालय स्थापनामा हाल गढीमाई नगरपालिकाका व्यक्तिले सात बिघा जग्गा दान दिनुले स्वामित्व गढीमाई नगरपालिकाको रहने विवादले झिनो भएपनि समस्या निम्त्याएको छ। यद्यपि यस विवादले विद्यालयलाई कुनै असर पारेको छैन। सबै काम निरन्तर र परम्परा अनुसार सञ्चालन भइरहेको छ। हो, एउटा टीठ छ दुवै पालिकाका मानिसमा, यो हाम्रो हुन पाए हुन्थ्यो।
स्वामित्वको सवालमा हामी अति संवेदनशील हुन्छौं। एक इन्च जमीनको विवादमा मुद्दा मामिलामा होमिएर सम्पूर्ण जीवन र श्रीसम्पत्ति स्वाहा गर्दा हामीमा आत्मसन्तुष्टिको भाव उत्पन्न हुन्छ। तर हामी यो सोच्दैनौं, यस्तो सोच पूर्णतः नकारात्मक हो। यसले कालान्तरमा उन्नति र प्रगतिको मार्ग अवरुद्ध पार्छ। यस्तो अवस्था सरस्वती माविले अहिलेसम्म भोगेको छैन, सदाशयतापूर्वक गरुडा नगरपालिकाले यसको रेखदेख र सञ्चालन, व्यवस्थापन गर्दै आएको छ। गरुडाको दाबी छ आफ्नो नगरपालिकामा प्रविधि–विद्यालय नभएकोले सरस्वती माविले त्यसको पूर्ति गरिरहेको छ। उता गढीमाई नगरपालिकाको सोच छ, आफूकहाँ एउटा पनि आदर्श विद्यालय नभएकोले यस विद्यालयले सोको क्षतिपूर्ति गर्ने थियो। वास्तविकता के हो भने दुवै नगरपालिकाका विद्यार्थीहरू यस विद्यालयमा पढ्छन्। दुवै नगरपालिकाका नागरिक यस विद्यालयबाट समान लाभान्वित भइरहेका छन्। यसर्थ यदि दुवै नगरपालिकाले विद्यालयलाई संयुक्त दायित्वको विद्यालय बनाउन सके विवादले एउटा आदर्श उदाहरण प्रस्तुत गर्न सक्ने थियो र यो विद्यालय गतिलो प्रविधि–विद्यालय तथा प्रशंसायोग्य आदर्श विद्यालय बन्न सक्ने थियो। र देशमैं यसरी दुई पालिकाले संयुक्तरूपमा विद्यालय चलाएर स्थानीय वासिन्दाको उच्चतम शैक्षिक माग पूरा गरेको आदर्श स्थापित हुने थियो।
यो अवसर हो, गढीमाई नगरपालिका र गरुडा नगरपालिकाका लागि। यस अवसरले एउटा अप्रतिम आदर्श त स्थापना हुने नै छ, हाम्रो सोच पनि सकारात्मक छस विषमतामा सहयोग खोज्न सक्छौं, विपरीत परिस्थितिलाई अनुकूलतामा ढाल्न सक्छौं भन्ने तथ्य स्थापित हुनेछ। आज शिक्षा क्ष्Fेत्र पालिकाहरूको मातहतमा आएको छ। पालिकाहरूले यथायोग्य यस क्षेत्रका लागि गच्छे अनुसार गरि पनि रहेका छन्। यस्तोमा दुवै पालिकाले यस विद्यालयलाई साझा बनाएर यसलाई आदर्श विद्यालयका साथै प्रविधि–विद्यालयको रूपमा समेत विकसित गर्न सक्ने हो भने दुवै पालिकाले प्रत्यक्ष्F–परोक्ष लाभ त पाउने नै छन्, दुवै पालिकाका विद्यार्थीले आफ्नै गाउँठाउँमा बसेर विद्याध्ययनजस्तो यज्ञ गर्न पाउने छन् र भोलिको समृद्धिको आधार पनि खडा हुनेछ।