मोटरसाइकल चोरी

0
189

प्रस, बिरुवागुठी २६ भदौ/
    पर्सागढी नगरपालिका–३ बडनिहार बजारबाट गएराति मोटरसाइकल चोरी भएको छ।
    बडनिहार बजार निवासी खगेन्द्रप्रसाद पौडेलको घरमा बहालमा बसेका गङ्गा आचार्यको ना.१४प ८५८२ नम्बरको मोटरसाइकल घरको आँगनबाट राति चोरी भएको हो। बिहान मोटरसाइकल नदेखेपछि उनले बिरुवागुठी प्रहरी चौकीमा उजूरी दिएका थिए।
    पछिल्लोपटक पर्सागढी नगरपालिकामा चोरीका घटना वृद्धि भए तापनि प्रहरीले चोरलाई समाउन नसकेको स्थानीयको आरोप छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here