डुबेर दुईजनाको मृत्यु

0
199

प्रस, सिराहा, २६ भदौ/
    सिराहाको छुट्टाछुटै दुई स्थानमा डुबेर एकै दिन दुईजनाको मृत्यु भएको छ।
जिल्लाको अर्नामा गाउँपालिका वडा नं ३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय १० वर्षीय बालक चन्दन महतोको बिहीवार राति मृत्यु भएको छ।
    नुहाउने क्रममा खोलामा डुबेर सिकिस्त बालकलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था पु–याइएकोमा  उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले  जनाएको छ। त्यसैगरी, मिर्चैया नगरपालिका वडा नं ९ स्थित कमलदहमा डुबेर एकजना युवतीको मृत्यु भएको छ।
    अन्दाजी २२ वर्षीया युवतीको शव बिहीवार साँझ डुबेको अवस्थामा पोखरीमा शव फेला परेको थियो। शुक्रवारसम्म पहिचान खुल्न नसकेको युवतीको शव जिल्ला अस्पतालमा बेवारिसे अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here