पोखरीमा डुबेर युवकको मृत्यु

0
252

प्रस, सेढवा, २५ भदौ/
पोखरीमा डुबेर एकजना युवकको ज्यान गएको छ । जीराभवानी गाउँपालिका–३ स्थित किरतनिया पोखरीमा युवक डुबेर मरेको प्रहरीले जनाएको छ । जीराभवानी गापा–३ नौकाटोला निवासी गौरीशङ्कर देवानको मृत्यु भएको हो ।
मृतक देवानको मानसिक सन्तुलन ठीक नरहेको स्थानीयले बताएका छन् । उनले लगाएको कपडा पोखरीको डिलमा थियो । नुहाउन जाने क्रममा उनको मृत्यु भएको अथवा मानसिक सन्तुलन ठीक नभएको देवानको हत्या गरिएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो बाख्रा चराउने बालबालिकाले पोखरीमा शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here