प्रस, वीरगंज, ८ असोज/
डा गोविन्द केसीको समर्थनमा वीरगंजका चिकित्सकहरू आन्दोलित भएका छन् । नेपाल चिकित्सक सङ्घ वीरगंज नारायणी शाखाको आह्वानमा बिहीवार चिकित्सकहरूले कालोपट्टि बाँधेर आन्दोलन शुरू गरेका छन् ।
शाखाका महासचिव डा उदयनारायण सिंहद्वारा जारी विज्ञप्तिमा डा केसीको घटनामा प्रहरीले गरेको कामको निन्दा गरिएको छ । जायज माग सम्बोधन गर्न तत्कालन वार्ता गरी डा केसीको जीवनरक्षा गर्न माग पनि गरिएको छ । विज्ञप्तिमा जुम्लामा अनशन बसेका डा केसीलाई नेपाल प्रहरीले बलजप्mती राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा पु¥याउनु सम्पूर्ण चिकित्सकको लागि अपमानको विषय भएकोले सरकारको ध्यानाकर्षण गराइएको उल्लेख छ ।
६० वर्ष पूरा गरेका चिकित्सकले शान्तिपूर्वक नेपाली चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको माग उठाइ अनशन गर्नु प्रजातान्त्रिक विधि भएकोेले राज्यले उनले समेटेका मागप्रति गम्भीर हुन पनि विज्ञप्तिमा माग गरिएको छ ।