बहुदरमाई नपाको बजेट ६१ करोड

0

प्रस, वीरगंज, ८ असोज/
बहुदरमाई नगरपालिकाले आव २०७७/७८ को लागि रु ६१ करोड ३७ लाख ६७ हजार १ सय ७८ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिका कार्यालय डोकैला बहुअरीमा आयोजित पाँचौं नगरसभामा सो बजेटमा सङ्घ सरकारको समानीकरण अनुदान रु १२ करोड ६४ लाख, राजस्व बाँडफाँड रु ७ करोड ६५ लाख २० हजार ७ सय १०, सर्शत अनुदान रु १८ करोड ८४ लाख, प्रदेश सरकारको समानीकरण अनुदान रु ७३ लाख ६१ हजार, सर्शत अनुदान रु ८० लाख, राजस्व बाँडफाँड रु ४३ लाख ७४ हजार, विशेष अनुदान रु ३० लाख रहेको छ । चालू आर्थिक वर्षको सामाजिक सुरक्षा तथा संरक्षण भत्ता वितरण रु ७ करोड ६१ लाख ३० हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम रु ५ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रम रु १४ लाख ८० हजार, सडक बोर्डको सर्शत अनुदान रु ३२ लाख र आन्तरिक स्रोतबाट रु २ करोड २० लाख ५५ हजार ५ सय रहेको नगरपालिकाका लेखापाल हरिप्रसाद कुर्मीले जानकारी दिए ।
नगरप्रमुख नितेन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख गायत्री देवी, प्रमुख प्रशासकीय अधिकृत तीर्थराज यादव, लेखा अधिकृत उपेन्द्र साहलगायतको सहभागिता थियो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here