भन्सार छलीका सामान भन्सार चलान

0
206

प्रस, रौतहट, २३ भदौ/
    जिल्ला प्रहरी कार्यालय, रौतहटले विभिन्न स्थानबाट बरामद २ लाख ४३ हजार रुपैयाँबराबरको भन्सार छलीका सामान भन्सार चलान गरेको छ।
    जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाए अनुसार विभिन्न समयमा बरामद काजु, किसमिस, सोफी मदिरा, कपडा, हार्डवेयरका सामान रौतहट भन्सार चलान गरिएको छ।
    गौर नगरपालिका–२, ५ का राइस मिल र देउराली भन्ने ठाउँमा चेकजाँच गर्दा सामान बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट लुकाइछिपाइ ल्याएको सामान बरामद गरेको र आवश्यक कारबाईको लागि गौर भन्सार चलान गरिएको जिप्रका, रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here