सडक मरम्मत नहुँदा मिलनचोकको बाटो भएर जानुपर्ने बाध्यता

0


प्रस, पर्सागढी, ६ असोज/
    वीरगंज महानगरपालिका–३१ बेलवा गाउँमा बाढीले बगाएको सडक मरम्मत नहुँदा समस्या भएको छ।
    मुसौली, बसडिलवा, रतनपुर, बर्वाछोटैली जानका लागि अहिले यो सडक नबन्दा मिलनचोकको बाटो घुमेर जानुपरेको छ।
    स्थानीय जितेन्द्र यादवले सडक नबन्दा समस्या भएको बताए। उनले छोटो दूरी तय गर्न बाटोको कारण अप्ठेरो भएको र लामो दूरी तय गर्नुपर्ने बताए। परवानीपुर, नितनपुर, वीरगंज, जीतपुरमा रहेका उद्योगहरूमा काम गर्न जाने मजदूरहरूलाई समस्या भएको छ। साइकलबाट यो बाटो थुप्रै मजदूर हिंड्डुल गर्थे। अहिले बाटो नबन्दा आवागमन हुन सकेको छैन।
    वडाध्यक्ष चुमनप्रसाद गौरोले लकडाउन र निषेधाज्ञाको कारण सडक निर्माणमा समस्या भएको बताए।
    उनले सहज परिस्थिति सृजना भएलगत्तै बाटो निर्माण गरिने आश्वासन दिएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here