मौसम परिवर्तनसँगै बिरामीहरू बढ्न थाले

प्रस, पंचगावाँ, ६ असोज/
    पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, झाडापखाला र चर्मरोगका बिरामीहरू बढेका छन्।
    पटेर्वासुगौलीमा रहेका चारवटा स्वास्थ्य चौकी र सखुवाप्रसौनीमा रहेका ६ वटा स्वास्थ्य चौकीमा बिरामीहरूको सङ्ख्या बढेको छ।
    पटेर्वासुगौली, निचुटा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद कर्णले मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, झाडापखाला, चर्मरोगका बिरामीहरू बढेको बताए।
    उनीहरूले सामान्य अवस्थामा २०/३० जना बिरामी आउने गरेकोमा अहिले दैनिक ५०/६० जना आइरहेको बताए।
    इन्चार्ज कर्णले मुख्यतः धानखेतीमा काम गर्ने मजदूरहरू बढी पीडित भएर चौकीमा आउने गरेको बताए।
    प्रचण्ड घाममा खेतीपातीमा खट्ने मजदूरहरूमा यो समस्या भएको भन्दै उनले शरीरले धान्नेभन्दा बढी मेहनत नगर्न र आराम गर्न सुझाव दिएका छन्। शरीरले धान्नेभन्दा बढी काम गरेको कारण पनि रोगको शिकार हुनुपरेको उनको भनाइ छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्