वीरगंजमा छाडा चौपायाको रजाइँ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ६ असोज/
    वीरगंजमा लकडाउन र निषेधाज्ञामा छाडा चौपायाहरू बढेका छन्। वीरगंज महानगरपालिकालगायत विभिन्न संस्थाहरूले छाडा चौपायाविरुद्धको अभियान लकडाउन र निषेधाज्ञाका कारण स्थगित गरेपछि महानगरका सडकमा छाडा चौपायाहरू बढेका हुन्।
    घण्टाघर, मुर्ली, श्रीपुर, आदर्शनगर, अलखियामठ, माईस्थान, महावीर स्थानका सडकमा छाडा चौपायाहरू प्रशस्त देख्न पाइन्छ। गाई, भैंसी, घोडा, साँढे, कुकुर आदि जथाभावी सडकमा हिंड्डुल गरिरहेका हुन्छन्। लकडाउन र निषेधाज्ञामा सवारीसाधन नचल्दा सडकमा रजाइँ गरेका चौपायाहरूलाई अहिले सवारीसाधन सञ्चालन भएसँगै नियन्त्रण नगर्दा समस्या भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस