एकल महिलाहरूलाई राहत वितरण

0
175

प्रस, वीरगंज, २१ भदौ/
    वीरगंज महानगर–१८ मा असहाय एकल महिलाहरूलाई राहत वितरण गरिएको छ। वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले १५१ जना असहाय एकल महिलालाई राहत वितरण गरिएको बताए।
    वडाको भवानीपुर, सौराहा, इनर्वा र सुखचैना टोलमा २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, आधा किलो सोयाबिन र एउटा साबुन वितरण गरिएको वडाध्यक्ष कुर्मीले बताए। उनले मुख्यमन्त्री राहत कोषबाट आएको राहत तत्कालीन अवस्थामा केही व्यक्तिले नलिएपछि आज एकल महिलालाई वितरण गरिएको र यसपछि अपाङ्गहरूलाई वितरण गरिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here