प्रसौनीमा ५३ जनाद्वारा रक्तदान

0
203

प्रस, वीरगंज, २१ भदौ/
    नेकपा बारा, प्रसौनी गाउँपालिका–५ र ६ द्वारा आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्।
    वडाध्यक्ष बृजकिशोर कुशवाहाको अध्यक्षता तथा नेकपा बाराका नेता अनिलकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो। नेकपाका स्थानीय नेता उमेश कुशवाहाले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा सञ्जय ठाकुर, सुरेश चौहान, सरोज मण्डल, सुरेश कुशवाहा, धु्रव साह, दरबारीप्रसाद साह, लक्ष्मीनारायण महतो, शोभा साह, राज साहलगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका प्रमुख उदयराज शर्माले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here