देवरद्वारा भाउजूको हत्या

0
178

राजेश केसरीवाल, रक्सौल, २१ भदौ/
    भारत, बिहार रामगढवामा भाउजूको हत्या गरी देवर फरार भएका छन्।
    काका ससुराका छोरा देवानन्द ओझा र मिनी देवीबीच शनिवार विवाद भएपछि देवानन्दले मिनी देवीको टाउकोमा डम्बलले हिर्काएका थिए। डम्बल लागेपछि उनको घटनास्थलमैं मृत्यु भएको थियो। मिनीको मृत्यु भएपछि देवानन्द फरार भएको थानाध्यक्ष सन्तोषकुमार शर्माले बताए।
    संयुक्त परिवारमा बस्दै आएका मिनी देवी र देवानन्दबीच प्रायः विवाद भइरहन्थ्यो। मिनीका पति धीरु ओझा कामको सिलसिलाले शहरबाहिर छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here