रेडक्रसको स्थापना दिवसमा विविध कार्यक्रम

0
298


प्रस, वीरगंज, १९ भदौ/
    नेपाल रेडक्रस सोसाइटीको ५८औं स्थापना दिवस पर्सा शाखाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। दिवसको अवसरमा शुक्रवार शाखा कार्यालयमा आयोजित कार्यक्रमको प्रमुख अतिथि रेडक्रसका प्रदेश सभापति फूलमहमद मियाँले उद्घाटन गरेका थिए।
    सो अवसरमा सभापति मियाँ, शाखा सभापति वीरेन्द्रराज कँडेल, उपसभापति मधु राणा, शाखाका मदन गुप्तालगायतले रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्वीरमा माल्यार्पण गरेका थिए।
    यसैगरी, शाखा कार्यालय घण्टाघर परिसरमा सरसफाइ गरिएको थियो भने घण्टाघरमा मास्क र सचेतना पर्चा वितरण गरिएको थियो।
    कार्यक्रममा शाखा कार्यालयमा भेला भएका रेडक्रसका पदाधिकारी, सदस्य, शुभेच्छुकहरूले सामाजिक दूरी बनाएर सङ्क्रमणको बेलामा अग्रपङ्क्तिमा बसेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई ताली बजाएर सम्मान गरेका थिए।
    यसैगरी, दिवसको अवसरमा रक्तसञ्चार केन्द्र वीरगंजमा शाखा सभापति कँडेललगायत आठजनाले रक्तदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here