सिम्रौनगढमा वृक्षरोपण

0


प्रस, सिम्रौनगढ, ४ असोज/
    नेपाल कम्युनिस्ट पार्टीका नेता सूर्यनाथराय यादवको ३५औं स्मृति दिवसको अवसरमा आइतवार बाराको सिम्रौनगढमा वृक्षरोपण गरिएको छ।
    सिम्रौनगढ नगरपालिका–७ कङ्काली माविको प्राङ्गणमा साल, सफेता, मलेसियन सखुवा, टीकका दुई सयवटा बिरुवा रोपिएको थियो। नेकपा सिम्रौनगढका अध्यक्ष श्यामकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्रप्रसाद जयसवाल, मदन ठाकुर, भोजेन्द्र यादव, गगनदेव कुशवाहा, शेख मतिन, सन्तोष कुशवाहा, उपेन्द्र चौधरीलगायतले वृक्षरोपण गरेका थिए।
    शहीद सूर्यनाथराय यादवलाई पञ्चायती सरकारले २०४२ असोज ४ गते गोली हानी हत्या गरेको थियो।  

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here