युथ काङ्ग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

प्रस, वीरगंज, ४ असोज/
    युथ काङ्ग्रेस नेपाल, पर्साले डा गोविन्द केसीको समर्थनमा पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
    युथ काङ्ग्रेस, पर्साका संयोजक सुमेश्वर साहले प्रजिअ आसमान तामाङमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।
    ज्ञापनपत्र बुझाउँदै उनले डा केसीले १९औं पटक सत्याग्रह शुरू गरेको भन्दै उनको माग पूरा गर्न आग्रह गरेका थिए।
    डा केसीको माग जायज भएको भन्दै सरकारले उनीसँग गरेको सम्झौता अक्षरशः पालना गर्नुपर्ने र सो नगर्दा बाध्य भएर डा केसीले सत्याग्रह गर्नुपरेको बताए। डा केसीसँगै देशमा भएका विविध घटनाक्रमका बारेमा पनि युथ काङ्ग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्