ग्रीन सिटीद्वारा निश्शुल्क अक्सिजन सेवा

0
184


प्रस, वीरगंज, १६ भदौ/
    ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र अल लायन्स क्लबको सहयोगमा मङ्गलवारदेखि होम आइसोलेशनमा रहेका सङ्क्रमितहरूलाई निश्शुल्क अक्सिजन उपलब्ध गराइएको छ।
    वीरगंज महानगरपालिकामा होम आइसोलेशनमा बस्नेहरूको सङ्ख्या बढेपछि उनीहरूलाई अक्सिजनको अभाव नहोस् भनेर ग्रीन सिटीले अल लायन्स क्लबको सहयोगमा चौबीसैं घण्टा निश्शुल्क अक्सिजन सेवा शुरू गरेको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए। उनले सङ्क्रमित जोकोहीले नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानीको प्रतिलिपि दिएर अक्सिजन सेवा लिन सक्ने       बताए।
    यसैगरी, ग्रीन सिटीले रूँगटा वेलफेयर सोसाइटीको सहयोगमा आजदेखि दमका रोगीहरूको लागि आवश्यक अस्थालिन औषधि निश्शुल्क उपलब्ध गराएको छ। वीरगंजमा कोरोना सङ्क्रमितहरू बढ्दै गएपछि श्वासप्रश्वासमा समस्या हुनेलाई अस्थालिन औषधि दिने गरेकोमा सो औषधिको अभाव देखिएपछि निश्शुल्क वितरण शुरू गरिएको अध्यक्ष खेतानले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here