प्रस, वीरगंज, ३ असोज/
सांसद लक्ष्मणलाल कर्णले शहीदको बलिदानले लेखिएको संविधान अधूरो भएकोले आपूmहरूले फरक ढङ्गबाट आन्दोलनको रूपमा मनाएको बताएका छन् ।
पकाहामैनपुरमा शनिवार शहीद शत्रुघ्न पटेलको पाँचौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सांसद कर्णले शहीद पटेलको सालिकमा माल्यार्पण गर्दै शहीदको बलिदानीबाट देशमा परिवर्तन आएको बताए । उनले देशको संविधान अपूरो रहेको कारण नमनाएको बताए । मधेसीहरूको मागसहित संविधान संशोधन भएको खण्डमा मात्र दिवस मनाउने उनले स्पष्ट पारे । मधेसी अधिकार समेटेर संविधान जारी नहुन्जेलसम्म कुनै पनि हालतमा दिवस नमनाइने उनले ठोकुवा गरे ।
शहीद पटेलकी आमा गापा उपाध्यक्ष कुसुमी देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, करिमा बेगम, वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगी, जसपाका नेताहरू नेजामुद्दीन समानी, राजेशमान सिंह, शशिकपूर मियाँ, सुरेन्द्र कुर्मी, रामनरेश यादव, सुन्दर कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत चन्देश चौहान र सहजीकरण शिव सोनीले गरेका थिए ।
वीरगंजमा विरोध -याली प्रदर्शन
जनता समाजवादी पार्टी नेपाल पर्साले संविधान दिवसको विरोध गरेको छ ।
दिवसको विरोधमा घण्टाघरबाट निकालिएको ¥याली नगरपरिक्रमापछि सोही स्थानमा कोणसभा गरी समापन भएको थियो ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवको नेतृत्वमा आयोजित कार्यक्रममा सांसद लक्ष्मणलाल कर्णले अधूरो संविधानलाई संशोधन गर्नुपर्ने बताए । उनले मधेसी, आदिवासी जनजाति, मुस्लिमलगायतको अधिकार संविधानले सुनिश्चित नगरेकोले संविधान दिवसको विरोध गर्नुपरेको प्रस्ट्याए । उनले संविधान संशोधन नहुन्जेलसम्म मधेशमा संविधान दिवस नमनाइने बताए ।
कोणसभामा प्रदेशसभा सदस्य भीमा यादव, करिमा बेगम, स्थानीय नेताहरू नेजामुद्दीन समानी, श्रीराम गिरी, रम्भा मिश्र, रमतुल्लाह खान, तबरेज अहमदलगायतले पनि मधेसीको अधिकार सुनिश्चित हुने गरी संविधान जारी हुनुपर्ने माग गरे । उनीहरूले संविधान दिवस मनाउने वातावरण त्यस दिन आउँछ, जब संविधानमा मधेसीहरूको हकअधिकार सुनिश्चित गरिन्छ । सरकारले संविधान संशोधन गर्नैपर्ने उनीहरूले माग राखे ।