प्रस, सेढवा, ३ असोज/
प्रहरी चौकी पाडेपुरले शुक्रवार राति जगरनाथपुर गाउँपालिकाको सीमा स्तम्भनजीकबाट ५० किलो गाँजा बरामद गरेको छ ।
प्रहरी सहायक निरीक्षक आदर्श खतिवडा नेतृत्वको प्रहरी टोलीले शुक्रवार राति दश बजे जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठीनजीक रहेको नेपाल–भारत सीमास्तम्भबाट सो परिमाणको गाँजा बरामद गरेको हो । गस्तीको क्रममा प्रहरी टोलीलाई देखेर तस्करहरू भाग्न सफल भएका र उनीहरूले प्mयाँकेको गाँजा प्रहरीले बरामद गरेको प्रसनि खतिवडाले बताए । बरामद गाँजा आवश्यक कारबाईको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको उनले जानकारी गराए ।