प्रस, वीरगंज, ३ असोज/
संविधान दिवसको अवसरमा युवा समाज पिपराले शनिवार सरसफाइ कार्यक्रम गरेको छ । अध्यक्ष अनिल पटेलको नेतृत्वमा वीरगंज महानगरपालिका–१४ पिपरामा रहेको बौद्धीमाई मन्दिरमा सरसफाइ गरिएको थियो ।
सोही अवसरमा बौद्धीमाई मन्दिरको पूर्वपट्टिको नयाँ सडकको चोकलाई पटेल चोक नामकरण गरिएको छ । कुर्मी सेवा सदन पर्साका अध्यक्ष सुरेन्द्र कुर्मी र वडाध्यक्ष भरत कुर्मीले संयुक्तरूपमा पटेल चोकको उद्घाटन गरेका थिए । कार्यक्रममा मन्दिरका पुजारी सन्तोष पुरी, त्रिलोकी बाबा, कुर्मी सशक्तीकरण मञ्च पर्साका अध्यक्ष विश्वेश्वर पटेललगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण समाजका उपाध्यक्ष राम पटेलले गरेका थिए ।