चिरञ्जीवी सापकोटा, ठोरी, २ असोज/
चितवनबाट ठोरी आउने क्रममा चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँँदा एक शिशुको ज्यान गएको छ।
कञ्चनपुरदेखि ठोरी माइतीघर आउँदै गर्दा बिहीवार राति करीब १० बजेको समयमा टिउकी खोलाले बगाउँँदा सन्तोष सुनुवार र निरुता सुनुवारको एक महीने छोराको खोलाले बगाएर मृत्यु भएको ठोरी गापा–१ का अध्यक्ष रामप्रकाश कुँवरले जानकारी दिए।
चितवनबाट ठोरी आउन लागेको बस टिउकी खोला तर्न नसकेपछि ठोरीबाट यात्री लिन भनी गएको ट्याक्टरमा यात्रीहरू पल्टी गरी ठोरीतर्फ आउने क्रममा एक्कासि खोलाको बहाव बढेर बाढीले ट्याक्टरलाई पल्टाउन खोज्दा आमाको काखमा रहेको बच्चा खोलामा खसी मृत्यु भएको अध्यक्ष कुँवरले जानकारी दिए। अविरल वर्षा र बाढीका कारण शुक्रवार बिहान मात्र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा शिशुको शव फेला पारेको अध्यक्ष कुँवरले जानकारी दिए।