चट्याङ खस्दा दुईजनाको घर ध्वस्त

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, ३० भदौ/
    गौरमा चट्याङ खस्दा एकजनाको घर ध्वस्त भएको छ ।
    गौर नगरपालिका–४ टिकुलिया निवासी इन्दु देवीको घरमा चट्याङ खस्दा घर ध्वस्त भएको हो । मङ्गलवार बिहान वर्षासँगै आएको चट्याङले  खपडाले छाएको घर पूर्णरूपले ध्वस्त भएको पीडितले बताएका छन् ।
प्रस, सिम्रौनगढ/
    आज बिहान वर्षासँगै परेको चट्याड्ढो कारण सिम्रौनगढ नगरपालिका–६ सिम्रौनगढ बजार निवासी मकसुद मियाँ चुडिहारको घर भत्किएको छ । खपडाको घरमा चट्याङ पर्दा घर भत्किएको पीडित मियाँले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस