बाल दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

0


प्रस, पोखरिया, २९ भदौ/
    नेपाल विद्यार्थी सङ्घ पोखरिया नगरसमितिले बाल दिवसको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।
    नेपाल रेडक्रस प्राथमिक विद्यालय पोखरिया–४ र राधाकृष्ण प्रावि पोखरिया–५ सतवरियाका १३५ जना बालबालिकालाई कापी, पेन्सिल, सर्जिकल मास्क, मिठाइलगायतका सामग्री वितरण गरिएको थियो।
    नेविसङ्घ पोखरियाका संयोजक सन्तोष महतोको अध्यक्षतामा भएको कार्यक्रममा नौसाद आलम, राजेश गिरी, मनोज कलवार, निरञ्जन क्षत्री, नवल ठाकुर, सञ्जय चौहान, नन्दकिशोर यादव, ओमकार रौनियारलगायतको सहभागिता थियो।
    यसैगरी, राष्ट्रिय बाल दिवसको अवसरमा पिस फोर दलित फाउन्डेशन नेपालले वीरगंज महानगर–१९ केहुनियामा दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।
    कार्यक्रममा ५० जना दलित बालबालिकालाई कापी, कलम वितरण गरिएको फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए। कार्यक्रममा फाउन्डेशनका संयोजक दीपेन्द्र राम, सदस्य राजपति देवी, सुरेन्द्र पासवानलगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here