विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट २८ भदौ/
    कोरोना भाइरसबाट प्रभावित महिलाहरूलाई माण्डवी संस्थाले खाद्यान्न सामग्री वितरण गरेको छ।
    शनिवार गरुडा नगरपालिका—८ जिङ्गडियामा माण्डवीले खाद्यान्न सामग्री वितरण गरेको हो।
    हालै हत्या भएका जिङ्गडियाका स्व निरञ्जन राम र प्रहरी हिरासतमा मृत्यु भएका विजय रामका परिवारका साथै ४० जना अतिगरीब विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय, रौतहटको समन्वयमा चामल, दाल, खानेतेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको माण्डवीकी अध्यक्ष अञ्जु झाले बताइन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।